रुपन्देही
११-फागुन / रुपन्देहीको मायादेवी गाउँपालिकामा आमाले छोरीको हत्या गरेकी छन् । मायादेवी गाउँपालिका वडा नम्बर ३ हरहरवाकी २१ वर्षिया प्रेमा यादवले एक वर्षकी आफ्नै छोरीको हत्या गरेकी हुन् । छोरीको हत्या गरेर उनले आत्महत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।


                                                                                 ADVERTISEMENT


 


आइतबार राती ९ बजे एक बालिकाको शंकास्पद मृत्यु भएको र आफन्तले नजिकैको खोलामा लगेर शव गाडेको भन्ने खबर प्राप्त गरेपछि प्रहरी शव गाडेको ठाउँमा पुगेको थियो । दानव खोला नजिक शंकास्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

घाँटीमा शंकास्पद दाग देखा परेपछि शव पोष्टमार्टमको लागि भैरहवा भिम अस्पताल पठाइएको थियो । छोरीको हत्यापछि उनले घरमै आत्महत्याको प्रयास गरेको उनका परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । प्रेमाकी नन्दले आत्महत्या गर्न खोजेको देखेपछि डोरी काटेर बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।

घटनामा रुपन्देही मायादेवी ३ हरहरवाकी मृतककी आमा प्रेमा यादव, ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान् राजकुमार यादव र प्रेमाको साथी भनिएका लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का प्रदिप चौधरी प्रहरीको नियन्त्रणमा छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया