काठमाडौं
१७ फागुन/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।


                                                                                 ADVERTISEMENT

 


पेट्रोल ,डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।  मूल्य बृद्धिपछि पेट्रोलको प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको  ९९ रुपैयाँ कायम भएको छ ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत छ ।

प्रतिकृया

प्रतिकृया