विराटनगर
१९-फागुन / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव माथिको छलफल २ हप्ता पछि सरेको छ । फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश गरेसंगै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए । बैठक बस्नु एक दिन अगावै प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो ।


                                                                                 ADVERTISEMENT

 


प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना जारी गर्दै फागुन २० गतेका लागि बोलाइएको बैठक विशेष कारणले सरेको जानकारी दिएका छन् । उनका अनुसार अबको बैठक चैत २ गते सोमबार १२ः३० बजे बस्ने छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड माधव समूहले पुस १२ गते अविश्वास प्रस्ताव पेश गरेको थियो । तर उक्त प्रस्तावमाथि अहिलेसम्म छलफल भएको छैन ।

प्रतिकृया

प्रतिकृया