तुलसीपुर
१९ फागुन/ दाङको तुलसीपुरमा रहेको लक्ष्मी नारायण मन्दिर स्थापनाको २५ औं वर्ष पूरा भएको छ । सो अवसरमा मन्दिर व्यवस्थापन समितीले श्रीमदद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०७७ को आयोजना गरेको छ ।
ADVERTISEMENT
समितिले आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर यही २४ गते देखि चैत ३ गतेसम्म विभिन्न धार्मिक अनुष्ठानहरुको आयोजना गरेको बताएको छ । साथै २४ गते सोभायात्रा, २५ गते देखि हरेक दिन विभिन्न कार्यक्रमको आयोजना गर्ने बताएको छ ।
पत्रकार सम्मेलनमा मन्दिरका संस्थापक स्वामी मधुसुदनाचार्य, श्रीवैश्णव केन्द्रिय परिषद्का अध्यक्ष देवराजचार्य, प्रमुख वाचक युवा सन्त केशवाचार्य (सूर्यापाकी), रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, किवानिस क्लब अफ राप्तीका संरक्षक जागेश्वर वली लगायतले ज्ञानमहायज्ञमा उपस्थित हुनका लागि सबैमा अनुरोध गरेका छन् । सोही अवसरमा महोत्सव अवधीभर कोमल जलले निशुल्क पानीको व्यवस्थापन गर्ने जानकारी दिएको छ ।
त्यस्तै अञ्जु कोइरालाले ९६ हजार आर्थिक सहयोग गरेकी छिन् भने गोपाल प्रसाद कंडेलले ५१ ह्जार मन्दिरका लागि पानी व्यवस्थापन गर्न सहयोग गरेका छन् ।