रुकुम पूर्व
२-चैत / रुकुम पूर्वको भूमे गाउँपालिका-७ गुनामका प्रत्येक घरमा खानेपानी पगेकोे छ । बिट्रिस वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा अत्याधुनिक प्रविधिबाट ‘एक घर, एक धारा’ आयोजना सम्पन्न भएको हो ।


                                                                                 ADVERTISEMENT

 


ट्रष्टले निर्माण गरेको योजना कम्तीमा ३०-४० वर्षसम्म स-सना मर्मतबाहेक अरू समस्या नआउने ट्रष्टका खानेपानी योजना मेनेजर वीरबहादुर पुन मगरले बताए । मूल ड्याममा पानीलाई संकलन गरी ढलान गरेर पानीलाई फोहोरबाट सुरक्षित गर्नका लागि विशेष विधिबाट दुबो घाँस रोपिएको छ । जसले गर्दा बाढी आए पनि पानी सङ्लो नै हुने पुनको भनाइ छ । ड्याम र रिजर्भ ट्यांकीको सुरक्षाका लागि कंक्रिट खम्बा निर्माण गरी तारबार गरिएको छ ।

यसैगरी हरेक पाइपलाई तीन फुट गहिराइमा गाडिएको छ । योजनाबाट ११३ घरधुरी लाभान्वित भएको बताइएको छ । आयोजना पूरा गर्न ट्रष्टको ८९ लाख ९२ हजार र स्थानीयतबाट ३८ लाख ९८ हजार रुपैयाँ बराबरको श्रमदान लागेको छ । हरेक उपभोक्ताले ८३ देखि १०५ दिनसम्म श्रमदान गरेर तीन महिनामै योजना निर्माण गरेका हुन् ।

प्रतिकृया

प्रतिकृया