रोल्पा
४-चैत / रोल्पामा गएराति धारिलो हतियारको प्रयोगबाट एक जनाको हत्या भएको छ । परिवर्तन गाउँपालिका-६ चावाङ का ३० वर्षका विरेन्द्रप्रकाश गिरीको अपरिचित समूहले हत्या गरेको प्रहरीले जनाएको छ । मंगलबार साँझ ७ बजेतिर हाम्जा खोला नजिकै धारिलो हतियार प्रयोग गरी हत्या भएको र त्यस समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले बताए ।


                                                                                 ADVERTISEMENT

 


घटनास्थलमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ, प्रहरी चौकी इरिबाङ र प्रहरी चौकी पाछाबाङबाट टोली खटाइ अनुसन्धान भइरहेको पनि डीएसपी सुवेदीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया