शंकर केसी,सल्यान,
११ चैत/ कृषि उपज बजार केन्द्र कपुरकोटले आगलागी पिडित किसानहरुलाई कृषि सामग्रीहरु राहत स्वरुप प्रदान गरेको छ । गत विहिबार कपुरकोट २ दानवाङ स्थित कृषि पेशा अंगाल्दै आएका शुक बहादुर बुढा, खर्क बहादुर घर्ती र केशर घर्तीको घरमा आगलागी भएको थियो ।
ADVERTISEMENT
आगलागी पिडितलाई आज (बुधबार) कृषि उपज बजार केन्द्रले रासायनीक मल र तरकारीको विउ विजन वितरण गरेको बजार केन्द्रका अध्यक्ष टंकराज नेपालीले जानकारी दिए ।
आगलागी पिडितलाई तीन बोरा डिएपी, दुई बोरा युरिया र तीन प्याकेट हेमसोना टमाटरको विउ गरि १५ हजार बराबरको राहत उपलब्ध गराइएको उनले जनाए ।
राहत वितरणका लागि बजार केन्द्रका उपाध्यक्ष मित्र कठायत, सचिव तिलकराज शर्मा, कोषाध्यक्ष शन्तसिंह घर्ती, कृषक मुल समिति कपुरकोटका अध्यक्ष इश्वर बुढा, कुवेर खत्री लगाएतको टोलि पिडितको घरमा पुगेका थिए ।