११-चैत / तुलसीपुरमा हुन लागेको राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको स्मृतिमा यही चैत १६ गतेदेखि २० गते सम्म हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको हो ।


                                                                                 ADVERTISEMENT

 


प्रतियोगितामा २६ जिल्लाका र तीन विभागिय टोली समभागि हुनेछन् । जुन खेलमा खेलाडी र प्रशिक्षकसहित एकसय ८२ जनाले सहभागिता जनाउने छन् । प्रतियोगिता सम्पन्न गर्नकालागि २२ लाख खर्च हुनेछ । अहिलेसम्म १८ लाख संकलन भइसकेको छ । प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले गर्ने भएका छन् ।

दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा हुन लागेको खेलमा प्रथम, द्धितीय र तृतिय हुनेलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रथम हुने टिमलाई नगद ३० हजार, मेडल तथा प्रमाणपत्र, द्धितिय हुने टिमलाई १५ हजार मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

खेलाडीहरुको मनोबल उच्च बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । त्यस्तै महिला एकल र पुरुष एकल तर्फ प्रथम हुनेलाई ४० हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार नगद, प्रमणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै पुरुष जुनियर र महिला जुनियर तर्फ प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

साथै पुरुष जुनियर र महिला जुनियर टिम तर्फ प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने भएको छ । साथै खेलाडीहरुका लागि यातायात र खाना बस्नको व्यवस्था गरिएको आयाेजकले जनाएकाे छ ।

प्रतिकृया

प्रतिकृया