रुकुम
१४ चैत/ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १० गारावाङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जङ्गलमा लागेको आगो गाउँतिर पसेपछि आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनि दमाईको जलेर भएको हो ।


                                                                                 ADVERTISEMENT

 


आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै ज्यान गएको वडा सदस्य तिलक खड्काले जानकारी दिएका छन ।
गाउँलेसँगै आगो निभाउन खटिएकी सर्केनिलाई आगोले भेटेको थियो ।

त्यस्तै आगलागीका कारण गगन जैसीको गोठ जलेर नष्ट भएको छ । बिहीवार वडा नम्बर १० को राजिखेत भन्ने ठाउँबाट सुरु भएको आगो आधा दर्जनभन्दा बढी जङ्गलमा फैलिएको वडा सदस्य खड्काले बताए ।

आगो गाउँतिर फैलिएपछि स्थानीयवासी त्रसित बनेका छन् । आगो छेकेर गाउँ बचाउने प्रयासमा उनीहरू जुटेका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन । सुविखाली सामुदायिक वन, चमेरेपातल सामुदायिक वन, चक्कुलाउने कबुलियति वन, तेस्रापाखा सामुदायिक वन, देउरालीचुरा राष्ट्रिय वन र वयाल्ने राष्ट्रिय वनमा आगो लागिरहेको छ ।

प्रतिकृया

प्रतिकृया