काठमाडौं
२०-चैत/
– विश्वको १ देखि २ प्रतिशत जनसंख्यामा अटिजम भएका अनुसन्धानहरुबाट देखिएको छ ।
– विश्व स्वास्थ्य संगठनले अटिजमलाई ‘विश्व जनस्वास्थ्य संकट’ घोषणा गरेको छ ।
– अटिजम रोग होइन् ।
-अटिजम एक प्रकारको विकासात्मक अपाङ्गता हो ।


                                                                                 ADVERTISEMENT

 


अटिजम स्पेक्ट्रम डिसअर्डरलाई अटिजम मात्र पनि भन्ने गरिएको छ। अटिजम एउटा जन्मजात हुने एक विशेष खालको अपाङ्गता हो। जसका लक्षणहरु जन्मिएको ३ वर्षभित्र प्रष्ट रुपमा चिन्न सकिन्छ । अटिजम भएका बालबालिकाहरुले आत्म केन्द्रीत व्यवहार देखाउँछन्। अरू प्रति उनीहरूको वास्ता चिन्ता हुँदैन र आफ्नै धुनमा समय विताउँछन् । झट्ट हेर्दा उनीहरू सामान्य अवस्थाकै बालबालिका जस्ता देखिन्छन्। अटिजमका बारेमा पहिलो जानकारी इ.सं. १९३४ मा संयुक्त राज्य अमेरिकाका चिकित्सक लियो क्यानरले गराएका थिए । उनले यसलाई जन्मसँगै आउने व्यवहार भनेर चित्रण गरेका थिए ।

यसमा व्यक्तिको उमेरको विकासंगै सामान्य व्यवहार नदेखिने, अस्वाभाविक प्रतिक्रिया देखाउने, एउटै व्यवहार लगातार दोहो¥याइरहने, अरूसँगै घुलमिल नहुने वा तीव्र प्रतिक्रिया जनाउने अवस्थालाई अटिजम मानिएको छ । अटिजमले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार सिप र कल्पनाशक्तिको विकासमा बाधा गर्दछ। यसै कारण उनीहरू एक्लै रहन्छन्। अटिजम भएका बालबालिकामा एउटै व्यवहार पुनरावृत्ति भइरहन्छ। यसका अरू धेरै लक्षण हुन्छन् ।

लक्षण

आफ्ना उमेरका बालिबालिकासँग खेल्न नरुचाउने, असान्दर्भिक हसाईं, आँखामा आँखा जुधाउन कठिनाई, घाउ चोट तथा दुखाईप्रति वास्ता नगर्ने, एक्लै बस्न रुचाउने, समानहरु घुमाउन रुचाउने, वातावरणका सामानहरुसँग अनौठो लगाव, अत्यन्त चञ्चल अथवा निस्क्रियपना, सामान्य शिक्षण विधिबाट नसिक्ने, हरेक दिन एउटै उस्तै काम गर्न रुचाउने तथा परिवर्तन मन नपराउने, डर नहुने साथै खतरा नबुझ्ने, कल्पना गरेर खेल खेल्न नसक्ने वा असामान्य तथा दोहो¥याइ तेहे¥याइ एउटै खेल खेलिरहने, शब्द तथा वाक्यांश दोहो¥याउने, कहिलेकाँही अरुले छोएको तथा अंगालो हालेको मन नपराउने, बोलाउँदा नबोल्ने साथै कहिलेकाँही कान नसुने जस्तो भइदिने, आफ्नो आवश्यकताको सामान औंलाले देखाउने अथवा ठूला मानिसको हात समातेर देखाउने शब्दको प्रयोग नगर्ने, बिना कारण रुने कराउने अथवा चिन्तित हुने र वस्तुहरुप्रति अनौठो लगाव ।

अटिजम भएको एक व्यक्तिमा देखिएका लक्षण अर्को व्यक्तिमा नमिल्न पनि सक्दछन् । उदाहरणका लागि अटिजम भएको कोही व्यक्ति अति सक्रिय हुन्छ भने कोही व्यक्ति अति निस्क्रिय पनि हुन्छ। अटिजम भएका व्यक्तिहरुलाई साधारण सञ्चार र सामाजिक कठिनाई देखि लिएर जीवनयापनमा सदा अरुको सहायतामा जीउनु पर्ने अवस्था हुन्छ ।

विश्वका अरु देशको पछिल्लो तथ्यांकले १/६८ जना जन्मने बालबालिकाहरुमा अटिजमको अवस्थाले ग्रसित भएको पुष्टि भएको पाइन्छ र विश्वभरको दर एकै नासको हुनसक्ने अनुमान पनि गरिएको छ । अटिजमको अवस्था बढ्दै गएको दरलाई संयुक्त राष्ट्रसंघले निकै चासो देखाउँदै २००८ साल अप्रिल २ लाई विश्व अटिजम जनचेतना दिवसका रुपमा घोषणा गरिएको छ । त्यस्तै विश्व स्वास्थ्य संगठनले पनि यो अवस्थालाई ‘पब्लिक हेल्थ क्राइसिस’ हो भन्दै हरेक राष्ट्रले पब्लिक हेल्थ एप्रोचद्वारा अटिजमलाई हेरिनु पर्ने आग्रह पनि गरिएको छ ।

नेपालको परिपेक्षमा अटिजम धेरै नै नौलो विषय वस्तु हो। अटिजमको बाहिरी अदृश्यपन नै यसका सबैे भन्दा ठूलो चुनौती रहेको छ र बालबालिकाको शीघ्र निदानमा ठूलो बाधाको रुपमा देखा परेको छ। अभिभावक, शिक्षक तथा स्वास्थ्यकर्मीहरुले यस अवस्थालाई पहिचानगर्न असक्ष्यमताको कारणले गर्दा धेरै बालबालिकाहरुको निदान नभएको अवस्था छ भने कतिलाई गलत पहिचान यानिकी ‘बौद्घिक अपाङ्गता’को संज्ञा पनि दिएको प्रशस्त पाइन्छ । तर वास्तवमा अटिजम भएका व्यक्तिहरुको बौद्घिक अवस्था धेरै प्रतिशतले सबल हुने गरेको विश्वमा धेरै उदाहरणहरु पनि पाइएका छन् । उनीहरुको सञ्चार र सामाजिक व्यवहारिक ज्ञानको असमानताले गर्दा उनीहरुको बौद्घिकअवस्था ठिक तरिकाले प्रस्फुटन गर्न उनीहरु असक्षम रहेको कुरालाई विज्ञानले पनि पुष्टि गरिसकेको छ । हामी हाम्रो देशमा अटिजमलाई सहि पहिचान दिनमा अझै पिछडिएको नै आभास झल्किन्छ ।

अटिजमको शीघ्र पहिचानको विभिन्न तहमा स्वास्थ्यकर्मीको विशेष तालिम, पेडियाट्रिक सुपर स्पेसियालिटी डेभलपमेन्टल पेडियाट्रिक्सको सुरुवात अटिजम लगाएतका अन्य डेभलपमेन्ट डिसेबलिटी स्क्रिनिङ टुल प्रावधानको सुरुवात जस्ता शीघ्र र तीब्र पहिचानको लागि नभई नहुने आदि कुराहरुमा ध्यान दिदै विश्व स्वास्थ्य संगठनको पब्लिक हेल्थ प्रायरोटीलाई मापन गर्ने उद्देश्यले अटिजमलाई मुलधार स्वास्थ्य प्रणालीमा गाभिन अत्यन्तै जरुरी देखिन्छ र यसमा स्वास्थ्य मन्त्रालयको विशेष ध्यानाकर्षण हुन जरुरी छ । -स्वास्थ्यखबर

प्रतिकृया

प्रतिकृया