प्रिया स्मृती गजमेर, लमही
२०-चैत / प्रिया स्मृती गजमेर लमही, २० चैत । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।


                                                                                 ADVERTISEMENT

 


दाङको तुलसीपुर देखि भालुवाङ तर्फ आउदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहरु बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ, भने २७ यात्रु घाईते भएका छन् ।

शुक्रबार (आज) अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम जारी छ । घटनाको थप बिवरण आउन बाकी छ ।

प्रतिकृया

प्रतिकृया