घोराही
२१ चैत/ दाङ महिला जेसिसले आज घोराहीमा पुर्व परिचय तालिम सम्पन्न गरेको छ । दाङ महिला जेसिसकी अध्यक्ष ममता विष्टको अध्यक्षता तथा प्रमुख प्रशिक्षक पुर्व अध्यक्ष विना विसीको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।


                                                                                 ADVERTISEMENT

 


जेसी दिलु मल्लको आस्थापाठा तथा जेसी सिन्धु रिजालको स्वागत मन्तव्यबाट सुरु गरिएको तालिमको प्रशिक्षकहरुमा कार्यकारीणी उपाध्यक्ष संगिता गिरी, पुर्व अध्यक्ष निरजा पोखरेल र पुर्व अध्यक्ष विन्दु गिरी रहेका थिए ।

१८ देखी ४० वर्ष उमेर समुहका युवाहरुको क्रियाशिल संस्था जेसिसको बारेमा नयाँ सदस्यहरुलाई जानकारी दिने उद्धेश्यका साथ पुर्व परिचय तालिम सञ्चालन गरिएको अध्यक्ष विष्टले बताए ।

१५ जना सहभागी भएको तालिममा सहभागीहरुकातर्फबाट कलकुमारी चुनाराले बोल्नुभएको थियो भने कार्यक्रमको सहजिकरण महासचिव सुनिता थापाले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया