NEW YEAR 2078 – GREETINGS
          


प्रिया स्मृती गजमेर,लमही
३ वैशाख/ दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरिय नेपाल तरुण दल गठन भएको छ । राजपुर गाउँपालिका स्तरीय नेपाल तरुण दलका सभापति गोत बहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले बिमल बस्नेतको अध्यक्षतामा तेईस कार्य समिति सदस्यीय चयन गरेको हो ।

जस्को उपाध्यक्षमा सोभाराम विश्वकर्मा, सचिबमा दिपेन्द्र सिंह, कोषाध्यक्षमा शेर बहादुर खड्का रहेका छन । त्यस्तै लिलाराम ओली, गँगा राम ओली, धन बहादुर घर्ती, झुम्मन लामा, प्रेम पुन, दिपक खत्री, पदम ओली, प्रह्लाद बस्नेत, मीन बहादुर ओली, चित्र बहादुर बस्नेत, प्रदीप ओली, तिलक भण्डारी, गजेन्द्र बस्नेत, नरेन्द्र बस्नेत, खड्ग बहादुर खत्री, समीर गिरी, विशाल कुमाल,रिम बहादुर खड्का र धन बहादुर खड्का सदस्यमा चयन भएका छन ।

बैठकमा राजपुर गाउँपालिका महिला संघकि अध्यक्ष रिता विश्वकर्मा, नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका सचिब भुप बहादुर बस्नेत, कर्ण सिंह भण्डारी, वडा नम्बर ७ का वडाध्यक्ष भीम बहदुर खड्का लगायत नेताहरूको उपस्थितिमा वडा नम्बर ७ मा तरुण दल गठन भएको गाउँपालिका स्तरीय अध्यक्ष गोत बहादुर चौधरीले जानकारी दिए ।

शुक्रवार राजपुर गाउँपालिका वडा नम्बर ७ मा सम्पन्न बैठकमा वडा नम्बर ७ का वडाध्यक्ष भीम बहादुर खड्काले नबगठित तरुण दलमा आवद्ध पदाधिकारीहरुले पार्टीको नीति नियमलाई पछ्याउँदै र विषम परिस्थितिमा पनि पार्टीलाई साथ सहयोग गर्नु पर्ने बताए ।

त्यस्तै नेपाल महिला संघ राजपुरका अध्यक्ष रिता विश्वकर्माले अब तरुण युवाहरु गाउँ(गाउँ र बस्ती बस्ती बाट जाग्नु पर्ने धारणा राखिन । त्यस्तै सचिब भुप बहादुर बस्नेतले सबै युवाहरु एकजुट भइ भ्रष्टाचारी र अराजक तत्वलाई गाउँ बाट लखेट्नु पर्ने बताए ।

प्रतिकृया

प्रतिकृया