NEW YEAR 2078 – GREETINGS
          


घोराही
४ बैशाख/ मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणमा राज्यको दायित्वका बिषयमा आज घोराहीमा सरोकारवालाहरु बिच छलफल भएको छ । इन्सेक दाङको आयोजना एवं डिसिए र शिशुको सहकार्यमा सरोकारवालाहरु बिच छलफल भएको हो ।

कार्यक्रममा इन्सेक प्रतिनिधी जेएन सागरले मानव अधिकारकर्मीहको सुरक्षा र संरक्षण गर्ने सम्वन्धि आदेश २०७७ प्रस्तुत गरेका थिए ।

गृहमन्त्रालयको कानुन महाशाखाले तयार पारेको उक्त आदेशले मानब अधिकारकर्मी र सुरक्षा निकायको बिचमा देखिने अस्पष्टता अन्त्य भएको उनले बताएका छन । कार्यक्रममा बोल्ने बक्ताहरुले मानब अधिकारको पूर्ण पालना भए मात्रै समाज सहि ढंगले अघि बढ्ने बताएका छन् ।

मानव अधिकारकर्मीहरु नै असुरक्षित हुने अबस्था कायमै रहेको भन्दै उनिहरुले राज्यका निकायहरु थप जिम्मेवार र जवाफदेही हुन आबस्यक रहेकोमा जोड दिएका छन् ।

मानव अधिकार सञ्जाल दाङका संयोजक केशबकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले मानव अधिकार रक्षामा राज्यका निकाय जिम्मेवार र जवाफदेही हुने बताएका छन ।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मानब अधिकारको कार्यान्वयनमा स्थानिय प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताएका छन । त्यसैगरी, दाङ देउखुरी जिल्ला अदालतका श्रेष्तेदार धनसिंह गिरीले अन्यायमा परेकालाई न्यायदिने आफुहरुको जिम्मेवारी भएको बताएका छन ।

कार्यक्रममा नागरिक समाज दाङका संयोजक केवी मसाल, प्रहरी निरिक्षक मोहनजंग बुढथापा, अधिकारकर्मीहरु श्रीमन न्यौपाने, सुष्मा गिरी, रचना सुबेदी लगाएतकाले सबैको सहकार्यमा मानब अधिकार कार्यान्वयनमा पहलकदमी लिनुपर्नेमा जोड दिएका छन।

प्रतिकृया

प्रतिकृया