NEW YEAR 2078 – GREETINGS
          


तुलसीपुर,
५ वैशाख/ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन –एनप्यावसन) का केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय बन्दहुने स्थितिमा सिकाईको सुनिश्चितता गर्नु पर्ने बताएका छन् । विद्यार्थीहरुको ग्यारेन्टी सहित सिकाईको सुनिश्चितता गर्नुपर्ने सापकोटाले बताए ।

रिपोट्स क्लब दाङले आईतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सापकोटाले विद्यालयमा स्वास्थ्य मापदण्ड अपनाएर भएपनि विद्यालय सञ्चालन गर्नुपर्ने स्थानीय सरकार र विद्यालयका छाता संगठनको नेतृत्वमा विद्यालयमा अनुगम र अभिभावकलाई मापदण्डबार जानकारी गराउने बालबालीकाहरुलाइ स्वास्थ्य मापदण्ड अनिर्वाय अपनाउन आग्रह गरे ।

देशमा कोभिड–१९ ले विद्यार्थीलाई परेको असले धेरै बर्षसम्म असर गर्ने बताए । कक्षा आठ देखि माथिका कक्षाहरुलाई बढी प्रभावित हुने बताउनु भयो । रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याब्सन लुम्विनी प्रदेश संयोजक सुबोध कुमार डाँगी, निर्वातमान अध्यक्ष भीम बहादुर बुढाथोकी, केन्द्रीय सदस्य प्रकाश शर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिब विमल गौतमले बताए ।

प्रतिकृया

प्रतिकृया