NEW YEAR 2078 – GREETINGS
          


काठमाडौं
१२-वैशाख/ इराकको बग्दादमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । मृत्यु हुनेमा धेरैजसो आईसीयूमा उपचार गराइरहेका बिरामी छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आईसीयू वार्ड बाहिर अक्सिजन ट्याङ्क विस्फोट हुँदा आगलागी भएको बीबीसीले जनाएको छ ।

घटनामा ९० जना बिरामी र बिरामीका आफन्तहरुलाई उद्धार गरिएको खबरमा उल्लेख गरिएको छ । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबारे तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

प्रतिकृया

प्रतिकृया