NEW YEAR 2078 – GREETINGS
          


तुलसीपुर
१९-वैशाख/ नेपाल दलित मुक्ती मोर्चा दाङले तुलसीपुरमा तीन वालकको मृत्युको घटनालाई सत्यततथ्य छानविन गर्न माग गरेको छ । जिल्ला संयोजक हिरालाल सुनार‘सारथी’ले आईतबार एक विज्ञप्ति जारी गर्दै यस्ते माग गरेका हुन् ।

तुलसीपुर ६ स्याउली बजार नजिकै शनिबार तुलसीपुर उपमहानगरपालिका ६ गाइडर निवासी भिम बहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार ,सन्तोस परियारका छोरा ७ बर्षिय सुबर्ण परियार र किरण परियारका छोरा ७ बर्षिय छोरा करण परियार मृत अबस्थामा फेला परेका थिए । पार्किङ गरि राखेको आरजे सीसी ०८८५ नम्बरको गाडीमा शव फेला परेका थिए । उनीहरु वैशाख १६ गतेदेखि हराएको परिवारले वताएको छ ।

प्रतिकृया

प्रतिकृया