NEW YEAR 2078 – GREETINGS
          


तुलसीपुर
२१-वैशाख/ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ हाल दुवई रहेका उपेन्द्र पौडेलको सहयोगमा गरीब परिवारलाई राहात प्रदान गरिएको छ । ‘रुटिन अफ तुलसीपुर बन्द’ नामक संस्था र आहा अभियान तुलसीपुरको पहलमा राहात प्रदान गरिएको हो ।

पौडेलले उपलब्ध गराएको १० बोरा चामल गाउँ–गाउँमा पुगेर गरीब, दुःखीलाई प्रदान गरिएको हो । निरज बस्याल ,तुफान वली, शुभम खड्कालगायतको टोली घरमै पुगेर उक्त राहात प्रदान गरेको हो । आगामी दिनमा पनि यस्तै सहयोग गर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया

प्रतिकृया