NEW YEAR 2078 – GREETINGS
          


काठमाडौं
२१-वैशाख/ नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज बुटवल लुम्बिनी एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेल बेलुकी साढे पाँच बजे सुरु हुने छ । तीन खेलमा ५ अङ्क जोडेर तेस्रो स्थानमा रहेको बुटवल आज काठमाण्डौलाई पराजित गर्न सकेमा शीर्ष स्थानमा उक्लने छ । बुटवलले पहिलो खेलमा पोखरालाई हराएको थियो । चितवन र विराटनगरसँग भने बराबरी खेलेको थियो ।

बुटवललाई पराजित गरेमा काठमाण्डौ शीर्ष दुईभित्र उक्लने छ । काठमाण्डौ ३ खेलमा ४ अङ्क जोडेर पाँचौं स्थानमा छ । पहिलो खेलमा ललितपुरलाई हराएको काठमाण्डौ दोस्रो खेलमा धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाण्डौले पोखरासँग बराबरी खेलेको थियो ।

प्रतिकृया

प्रतिकृया