NEW YEAR 2078 – GREETINGS
          


दाङ
२१-वैशाख/ दाङको लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ शैय्याको एचडियू अस्पताल सञ्चालनमा आएको छ। देउखुरीका चार स्थानीय पालिकाको संयुक्त लगानीमा अस्पताल सञ्चालनमा आएको र सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अस्पतालले जनाएको छ ।

कोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको अस्पतालका प्रमुख डा. पुष्प भुसालले बताए । उनका अनुसार अक्सिजनसहितको अस्पताल तयार भएको हो । यसले कोरोनाका बिरामीको उपचारमा केही सजिलो हुने छ । अक्सिजन दिएर उपचार गर्नु पर्ने सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गरिने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए। पहिलो चरणमा १२ शैय्या तयारी अवस्थामा रहेको र छिटै शैय्या थपेर २५ पुर्‍याइने उनको भनाइ छ ।

जिल्लाका दुई उपमहानगरपालिकाले पनि आइसोलेशन सेन्टर तयारी अवस्थामा रहेको जनाएका छन्। तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको आइसोलेशन सेन्टर तयार पारेको छ भने घोराही उपमहानगरपालिकाले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी कोरोना बिरामीका लागि आवश्यक पर्ने शैय्या तयार गर्न शुरु गरेको नगर प्रमुख नरुलाल चौधरीले बताए।

प्रतिकृया

प्रतिकृया