NEW YEAR 2078 – GREETINGS
          


रुकुम पश्चिम
२१-वैशाख/ रुकुम पश्चिममा एटीएम मेशिन तोडफोड गर्ने एकजना पक्राउ परेका छन् । जिल्ला सदरमुकामको मुख्य बजारमा रहेको नेपाल बैंक लिमिटेड रुकुम शाखाको एटीएम मेशिन तोडफोड गर्दै गर्दा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

बैकको एटीएम मेसिन फोर्दै गरेको अवस्थामा मुसिकोट नगरपालिका १ निवासी २० वर्षीय भीमबहादुर विक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए । एटीएम मेशिनमा सप्पल प्रहार गरेर चोरी गर्न लागेका बैँकका प्रबन्धकले सीसी क्यामराबाट थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर गरेको केही समयमा नै प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । प्रबन्धक केसीका अनुसार सप्पल प्रहारपछि एटीएम मेशिन बिग्रिएको छ ।

प्रतिकृया

प्रतिकृया