NEW YEAR 2078 – GREETINGS
          


दाङ
२५ वैशाख/ दाङमा टेक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छ्न । मृत्यु हुनेमा मोटरसाइकलमा सवार रहेका गढवा गाउँपालिका वडा नम्बर ७ घोराहा निवासी अन्दाजी ६० वर्षका तिर्थराम चौधरी रहेका छन ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पताल मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

त्यस्तै मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर निवासी वर्ष ४५ का चुडमणी पौडेलको पनि अवस्था गम्भीर भएको प्रहरीले बताएको छ ।

शुक्रबार करिब ८ बजेको समयमा गढवा देखि बेला तर्फ जाँदै गरेको रा ५ प २०९८ नम्बरको मोटरसाइकल र विपरित दिशा बाट आउँदै गरेको रा १ त २४५० नम्बरको टेक्टर गढवा गाउँपालिका वडा नम्बर ७ बालापुर नजिकै एक आपसमा टक्राएका थिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पौडेलको लमही अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया