NEW YEAR 2078 – GREETINGS
          


सल्यान
२७-वैशाख/ सल्यान जिल्ला कारागारमा थुनुवा राख्न भवनको अभाव हुँदा समस्या भएको छ । सरकारले निषेधाज्ञापछि लगिएका थुुनुवालाई छुट्टै राख्न निर्देशन दिए पनि भवनको अभाव हुदा त्यसो गर्न सम्भव नभएको जेलर बलबहादुर केसीले बताए ।

कारागारमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै निषेधाज्ञा लागू भएपछि लगिएका थुनुवाहरुलाई छुट्टै राख्न परिपत्र गरेको भएपनि भवनको अभाव हुँदा अन्य कैदीबन्दीसँगै राख्नुपर्ने बाध्यता रहेको जेलर केसीले बताए । जिल्ला अदालतबाट कारागार चलान गरेका केही कैदीबन्दीको कोरोना परीक्षण गरेर पठाउने गरेको भए पनि खासै प्रभावकारी नदेखिएको उनको भनाइ छ । रिर्पोट आउन समय लाग्ने र रिपोर्ट नआउदासम्म थुनुवालाई राख्ने ठाउँ अभाव रहेको उनले बताए ।

त्यस्तै कोरोना संक्रमण फैलिने भन्दै कारागारका कैदीबन्दीसँग भेटघाट बन्द गरिएको छ । भेटघाट चैत १२ गतेदेखि बन्द गरिएको हो । कारागारमा विभिन्न मुद्दाका २३ महिला, १२३ पुरुष र दुुई नाबालकसहित १४८ जना रहेका छन् ।

प्रतिकृया

प्रतिकृया