NEW YEAR 2078 – GREETINGS
          


शिव राज खनाल, सल्यान
३१-वैशाख/ सल्यानमा कोभिडका बिरामीहरुलाई निःशुल्क रुपमा विभिन्न सेवा दिने उदेश्यले ‘जीवन बचाउ’ अभियानको सुरूवात गरिएको गरिएको छ । जिल्लाका ३ युवाहरु प्रेमनारायण विक,मोहन प्रकाश वली र शंकर विक तिवारीले अभियानको सुरूवात गरेका हुन । अभियानले सल्यान सल्यानमा रहने कोरोना संक्रमित विरामिहरूलाई विभिन्न खाले सुबिधा उपलब्ध गराउने र संक्रमितलाई हेरबिचार गर्ने उद्देश्यका साथ यो अभियान संचालन गरिएको अभियान्ता प्रेम नारायणले बताए ।

जीबन बचाउ अभियान सल्यान भन्ने उदेश्यका साथ संचालन गरिएको सल्यान बचाउ अभियानले गर्ने कार्य समेत सार्बजनिक गरिएको छ । निशुल्क रुपमा २४ सै घन्टा अटो एम्बुलेन्स सेवारगाडी सेवा प्रदान गर्ने, निःशुल्क इलेक्ट्रिकल जगर थर्मस कोरोना बिरामिहरुको लागि उपलब्ध गराउने , निःशुल्क रुपमा कोभिड बिरामिहरुकालागि बेड तथा बल्याङ्केट आवश्यकता अनुसार ब्यबस्थापन गर्ने , निःशुल्क रुपमा कोभिड बिरामी र कुरुवाहरुलाइ पोषण युक्त खानेकुरा चिकित्सकको सल्लाह अनुसार उपलब्ध गराउने रहेका छन् ।

त्यस्तै निः शुल्क रुपमा बिरामी कुरुवाको लागि माक्स सेनिटाइजर ,ग्लोबस फेस भाइजरको ब्यबस्थापन गर्ने, बिरामीलाई आवश्यक परेमा रक्तदानको पनि ब्यबस्थापन गरिएको छ ।

प्रतिकृया

प्रतिकृया