गोबिन्द कुमार ओली
बर्तमान युग लाई बैज्ञानिक युग, आधुनिक युग, प्रबिधि को युग भनिन्छ । नेपालमा लोकतन्त्र को स्थापना पछि थोरै भए पनि बैज्ञानिक युगको अनुभूति गर्न पाईएको छ । म १० कक्षा सम्म पढ्दा मेरो डक्टर गुरूवा,धामी, झाक्री हुन्थ्यो, मिनरल वाटरखोला को जरूवा को पानी हुन्थ्यो, कपाल नुहाउने स्यमफु खली र कमेरो माटो हुन्थ्यो, लुगा धुने तातो पानीमा उमालेको खरानी हुन्थ्यो, बस्ने घर झुपडी, खाने आटो ढिँडो, सुत्ने पराल बिछाएर, पाहुना आए बस्ने गुन्द्री,भोज भतेर मा खाने थाल टपरी आदि आदि।

बिकास भन्ने कुरा शिक्षा को पहिलो कदम बाट हुन्छ। अज्ञानता र अशिक्षाले बिकास, सम्बृद्धि हुदैन। हामी करोडौं पैसा लगाएर जग्गा पलटिङ गर्न तयार छौं, होटल, सिनेमा हल बनाउन तयार छौं तर अस्पताल खोल्न हिचकिचाउछौ कारण यसको लागि पढ्नु पर्छ, सबै बाट संभव हुँदैन। बिरामी काठमाडौँमा मात्रै हुदैनन् नेपालको सबै क्षेत्रमा मेडिकल कलेज खोल्नु पर्छ भनी माग राख्दै गरदा डाक्टर गोविन्द केसीलाई पागल भनियो । अहिले अस्पताल खोई, अक्सिजन खोई भनि कराई रहेका छौ।

एक लाख उपचार हुने अस्पताल को ब्यबस्था छ बिस लाख उपचारको खोजीमा छ कसरी उपचार हुन्छ। यो कोरोना महामारी त कास्टिङ मात्र हो । मान्छे को बिलासिता, मापदण्ड बिपरितको औधोगिक बिकास र पर्यावरण को बिनाशले झन् समस्या आउने देखिन्छ। साझा मानब हितको कार्यमा सबै मिलि एक हौ। यो कठिन परिस्थितिको घडीमा एकले अर्को दोषारोपण गरेर झन परिस्थिति बिगारनु भन्दा जस्ले जे सक्छौँ त्यही सहयोग गरौ र यो महामारी लाई परास्त गरौ।

सकारात्मक सोचले नै यो महामारी लाई जित्न सकिन्छ। यस्तो बिषय परिस्थिति मा मानवता भाव राखेर तन, मन,धन बाट सहयोग गरिरहनुभएका सम्पूर्ण महान सहयोगी दाताहरु लाई कोटी(कोटी नमन गर्दछु र अझै सहयोग को अपेक्षा राख्दछौँ। कोरना को कहर बाट ,र बिभिन्न कारणले दिंबागत आत्माहरू को चिर शान्तिको कामना गर्दै भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, परिवार जनहरू मा धैर्य धारण को शक्ति प्रदान होस भनि भावपूर्ण हार्दिक समवेदना प्रकट गर्दछु साथै उपचारात सम्पूर्ण बिरामी हरु लाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सरकार तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय सबै निकाय कोरना बाट बचाउन लागि पर्न अनुरोध गर्दछु । (लेखक गढवा गाउँ पालिका लेखा समिति संयोजक तथा वडा नं ५ को वडा सदस्य हुन् ।)

प्रतिकृया

प्रतिकृया