भावना न्यौपाने‘भवानी’
नेतालाई कुर्सी प्यारो छ जनता मरिरहेछन् कोरोनाले
घरभित्र बिरामी कष्टको आँशु छरिरहेछन् कोरोनाले ।।

चारैतिर घेरिसक्यो व्याप्त भई बिरामी छ देश अचेल
अक्सिजन नपाई सन्तापमा परिरहेका छन् कोरोनाले ।।

सुव्यवस्थित किन भएन खै नेपाल राष्ट्र उदेक लाग्छ
पीडाको रापमा घर भित्र नै सरिरहेका छन् कोरोनाले ।।

असल नेता कहिले जन्मिएलान् यो देशमा ?हे पशुपति ।
होम आइसोलेशन चीत्कार गरिरहेका छन् कोरोनाले ।।

हृदयविदारक घटना छ्याप्छ्याप्ती देख्दा मुटु भक्कानिन्छ
मान्छे बाँच्न नपाउँदै सन्सार तरिरहेका छन् कोरोनाले।।

कुर्सीको लडाइँ पछि गर्नू नेताहरू अहिले यता ध्यान देऊ
कष्ट आक्रान्तमा बिरामी अश्रु लरिरहेकाछन् कोरोनाले।।

(साहित्यकार न्यौपाने तुलसीपुर निवासी हुन्)

प्रतिकृया

प्रतिकृया