भावना न्यौपाने‘भवानी’
अब छिट्टै नै कोरोना हराएको देख्न पाऊँ
म मर्न लाग्दा मेरो देश नेपाल लेख्न पाऊँ ।।

ताण्डव नृत्य देखाई खोसिस् ती यौवनहरू
मेरो हृदय बाँड्दै सबैका पीडा छेक्न पाऊँ ।।

नेताहरू हो तिमीलाई कुर्सी मात्र प्यारो भो
हे शिव अशान्ति यो धराबाट नै फेक्न पाऊँ ।।

प्यारो छ जिन्दगी जस्तो लाग्छ आफैभित्र हेर्दा
सबैको आशीर्वादले यो जिन्दगी सेक्न पाऊँ।।

मेटूँ अज्ञान म भित्र सद्गुणीको सङ्गतले
सुरक्षित भै कोरोनाबाट दूर टेक्न पाऊँ ।।

(न्यौपाने दाङमा रहेर लामो समयदेखि साहित्य पेशामा क्रियाशिल छन् ।)

प्रतिकृया

प्रतिकृया