तुलसीपुर
१०-जेठ/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गरेका छन् । निरिक्षणका क्रममा स्वास्थ्य मन्त्री श्रैष्ठले कोरोनाको महामारीमा खटेर काम गरेकोमा चिकित्सकहरुलाई धन्यवाद दिएका छन् ।

           


प्रदेश स्वास्थ्य सचिव डा. बिकास देबकोटासहित पुगेका मन्त्री श्रेष्ठले कोभिडको महामारीमा प्रतिष्ठानले कोभिड र नन कोभिड बिरामीहरुको उपचार गरेकोमा प्रतिष्ठानकी उपकुलपती प्रा.डा. संगीता भण्डारीलाई धन्यवाद दिदै अझै प्रतिष्ठानको स्तरोन्नती गर्न आग्रह गरे । प्रतिष्ठानले कोभिडको महामारीमा गरिरहेको काम र प्रगती बारेमा उपकुलपती भण्डारी, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, कामु रजिस्टार झङ्कार लामीछानेले जानकारी गराएका थिए ।

कामु रेक्टर डा. सागर पन्थी, डिन डा. बसन्त लामीछाने, घोराहीका मेयर नरुलाल चौधरीसहित एमालेका जिल्ला, नगरका नेताहरुको सहभागिता रहेको थियो । मन्त्री श्रेष्ठले आइसियु, इमरजेन्सी, कोभिड आइसोलेसन लगायतको निरीक्षण गर्दै १० बेडको भेन्टिलेटरसहितको आइसियु तत्काल सन्चालन गर्न आग्रह गरेका छन् । अक्सिजन प्लान्ट जोड्ने काम तिब्रताका साथ अगाडी बढाएको र अक्सिजन प्लान्ट जडान भइ सन्चालनमा आएमा अब आइसियुका बिरामीलाई पाइपलाइनबाट अक्सिजन पाउने प्रतिष्ठानकी उपकुलपती भण्डारीले बताइन ।

 

साथै मन्त्री श्रेष्ठले कोभिडको महामारीमा उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिदै आइसियुसहित प्रतिष्ठान सन्चालनमा आएमा प्रतिष्ठान सबै हिसाबले बलियो हुने र उपचारका लागि दाङसहित राप्तीबासी बुटवल जानुपर्ने बाध्यताको अन्त्य हुने भएकाले अस्पतालको सबै हिसाबले विकास गर्नुपर्ने बताए । साथै मन्त्री श्रेष्ठले अब आउने बजेट कोभिड नियन्त्रण केन्द्रित हुने र प्रदेश सरकारले प्रतिष्ठानको बजेटको लागि सहयोग गर्ने बताए ।

त्यस्तै प्रदेश स्वास्थ्य सचिव विकास देबकोटाले बजेटको कुनै चिन्ता नलिन आग्रह गर्दै जती सक्यो चाडो अस्पतालमा आइसियु सन्चालनमा आए प्रदेशले बजेट नियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिकृया

प्रतिकृया