NEW YEAR 2078 – GREETINGS
          


सल्यान
१७-जेठ/ सल्यानको कपुरकोटमा कोरोरा रोकथाम, नियन्त्रण तथा उपचारका लागि वडा स्तरमा समिक्षा सुरु भएको छ । कोरोना भाइरसको दोश्रो लहर समुदायस्तरमा फैलिसकेकोले यसको नियन्त्रणका लागि वडा तहमा छलफलसंगै हाल सम्मका कदमको समिक्षा शुरु गरिएको हो ।

स्वास्थ्यकर्मीहरु सहित गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले सोमबार वडा नं ३ र ४ मा पुगेर वडाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयमसेवीकाहरुसंग छलफल गरेका छन् । वडा नं ४ मा वडा अध्यक्ष हरिलाल पुनको अध्यक्षतामा भएको बैठकमा कोभिड संग मिल्दा जुल्दा चिन्ह, लक्षण भएका विरामीको खोजी गरी तत्काल एन्टीजिन परिक्षण गर्ने, जटिल स्वास्थ्य समस्या भएकालाई गाउँपालिकाको कोभिड अस्पतालमा भर्नाृ गरेर उपचार गर्ने लगायतका निर्णय भएको स्सवास्थ्य शाखाका सि. अहेव सुवाश हमालले जानकारि दिए ।

यस्तै वडा नं ३ का वडा अध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा भएको बैठकमा पनि कोरोना रोकथाम तथा संक्रमितको प्रभावकारी उपचार र थप संक्रमण फैलन नदिनका लागि वस्तीस्सतरमा सचेतना फैलाउने निर्णय भएको हमालले जनाए । यस्तै मंगलबार वडा नं ५ र ६ तथा बुधबार १ र २ मा छलफल तथा समिक्षा गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

वडा स्तरमा पुगेका अध्यक्ष सेनले परिक्षण र सचेतनाका कार्यक्रमहरु निरन्तर चलिरहेको जनाउदै जटिल समस्या देखिएका संक्रमितहरुलाई कोभिड अस्थायी अस्पतालमा राखेर उपचारका लागि नेरामावि किमुचौरमा अक्सीजन सहित ५ बेडको प्रवन्ध गरिएको बताए । हाललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको र थप २ वटा अक्सिजन कन्सन्ट्रेटर तथा अक्सिजन सिलिन्डरको पनि ब्यवस्था गरिने उनले बताए ।

वडाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयमसेवीका तथा बुद्धिजीवीहरुलाई अध्धयक्ष सेनले गाउँगाउँमा कोभिड संग मिल्ने लक्षण, चिन्ह भएका विरामीको खोजी गर्न, पालिकामा खबर गर्न र परिक्षण तथा उपचारको दायरामा ल्याउन सक्रियतापूर्वक भुमिका खेल्न आग्रह गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत खड्काले गाउँ घरमा ज्वरो, रुघा ,खोकीका बिरामीलाई वडा वा पालिकामा सम्पर्क राखी कोरोना परिक्षण गर्न आग्रह गरेका छन् । आफ्नो रोगग लुकाउन नहुनेमा जोड दिदै उनले हरेक वडा र टोल स्तरमा गएर आफुहरुले परिक्षण गरिरहेको बताए ।

कोरोना संक्रमित ८ जनाको मृत्यु, १०८१ को परिक्षण
कोरोना संक्रमण भएका ८ जना ब्यक्तिको कपुरकोट गाउँपालिकामा मृत्यु भइसकेको छ । मृत्यु हुने मध्ये ५ जना पुरुष र ३ जना महिला रहेका छन् । हाल गाउँपालिकामा १२ जना पुरुष र ९ जना महिला गरी २१ जना सक्रिय संक्रमितहरु रहेको गाउँपालिकाका कोभिड १९ फोकल पर्सन देवेन्द्र कुमार सेनले जनाएका छन् ।

२०७७ साउन यता कपुरकोट गाउँपालिकाले सिसिआर र एन्टीजिन गरी जम्मा १०८१ को परिक्षण गरिएकोमा १८२ जनामा संक्रमण फेला परेको फोकल पर्सन सेनले जनाए । यस्तै कपुरकरोट गाउँपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा ६२८५ जनाको स्क्रिनिङ गरिएको पनि उनले जनाए ।

प्रतिकृया

प्रतिकृया