तुलसीपुर
१७-जेठ/ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारी निवासी २२ बर्षीया सुमित्रा विकको २२ बर्षको उमेरमा कोरोनाले मृत्यु भयो । केही दिन अघि मृत्यु भएकी उनको काजकिरियाकालागि परिवारलाई आर्थिक अभाब छ । उनीहरुले गाउँमा सापटी लिन खोज्दा पनि नपाएपछि सोही ठाउँका मोहन पौडेलको पहलमा काजकिरियाका सामग्री सहयोग गरिएको छ ।


                                                                         बिज्ञापन
   



सोमबार करिब १० हजार बराबरको किरिया खर्च बिकका ससुरा बुवा प्रेमबहादुर बिकलाई हस्तान्तरण गरेका हुन् । फुलवारी युवा समाजको पहलमा उक्त सहयोग गरिएको हो । साथै तुलसीपुर १२ का वडासदस्य मानबहादुर बस्नेतले पनि सहयोग गरेका छन् । मोहनले विगतदेखि नै सामाजिक काम गर्दै आएका छन् ।

बेलझुण्डी अस्पतालमा उपचारको क्रममा सुमित्राको निधन भएको हो ।

प्रतिकृया

प्रतिकृया