NEW YEAR 2078 – GREETINGS
          


रोल्पा,
२२ जेठ/ रोल्पामा एक कोरोना संक्रमित किशोरी माथि हातपात गर्न खोजेको भन्दै गाउँपालिकाका ईञ्जिनियरलाई पक्राउ गरिएको छ । धारामा नुहाउन गएकी ति किशोरी माथि हातपात गर्न खोजेको भन्दै रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेललाई पक्राउ गरिएको हो ।

दाङ लमही घर भएका पौडेलले शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीलाई हातपात गरी जवरजस्ती करणी गर्न खोजेको पीडित पक्षले आरोप लगाएका छन् । पीतिड पक्षको उजुरीका आधारमा जवरजस्ती करणी उद्योग अन्तरगत पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले बताए ।

साथै सबै कानुनी प्रक्रिया अगाडि बढाइएको समेत सुवेदीले बताए । किशोरीले नुहाइ रहेको देखेपछि इन्जिनियर पौडेल मिनिरल वाटरको बोटल बोकेर पानी भर्ने निहुँमा धारमा गएर दिनदहाडै धारामा नुहाउँदै गरेका किशोरीलाई जवरजस्ती करणी गर्न खोजेको आरोप पीडित पक्षको छ ।

ति किशोरीलाई इन्जिनियरले पहिलेदेखि नै पछ्याउँदै आएका थिए । विभिन्न बाहनामा बल्यकमेलिङ गर्ने गरेको र बेला बेलामा किशोरीको फेसबुक आइडी समेत माग्ने गरेको थिए ।

प्रतिकृया

प्रतिकृया