NEW YEAR 2078 – GREETINGS
          


काठमाडौं
२४-जेठ/ पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । सोमबार बिहान कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया