NEW YEAR 2078 – GREETINGS
          


तुलसीपुर
२७-जेठ/ तुलसीपुरमा गयराति मोटरसाईकल चोरी भएको छ । तुलसीपुर ७ श्रीगै स्थित घरमा बाहिर पर्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको हो । तुलसीपुरमा देउराली फुटवेयर (जुत्ता चप्पलको) पसल गर्दै आएका मुकुन्द रिजालको रा ३ प ६१२ नम्वरको रातो रंगको आरटिआर मोटरसाइकल चोरी भएको हो ।

आफन्त बितेको घरमा वत्ति कुर्न गएका रिजाल घर बाहिर मोटरसाइकल राखेर सुतेका थिए । विहान ५ वजे उठेर पसल खोल्न आउन भनी बाहिर आउदा मात्र मोटरसाइकल नदेखे पछि मोटरसाइकल चोरी भएको थाहा पाएको रिजालले बताए । रिजालले ईलाका प्रहरी कार्यालयमा मोटरसाइक चोरी भएको वारेमा लिखित निवेदन समेत दिएको बताएका छन । घरको कम्पाउण्ड भित्र पार्किङ गरि राखेको मोटरसाइकल चोरी हुनुले आम मान्छेमा चोरीको संसय बढेको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर शिंहले लकडाउनको समयमा मोटरसाईकल हराउने घटना बढेको भन्दै सचेत रहन आग्रह गरेका छन् । मापसे वा अन्य नशालु पदार्थ सेवन गरेका व्यक्तिहरुबाट मोटरसाईकल लिएर अन्यत्र लगेर फाल्ने जस्ता घटनाहरु बढेको हुदा सतर्क रहन सवैमा आग्रह गरेका छन् ।

प्रतिकृया

प्रतिकृया