कृष्ण अधिकारी, तुलसीपुर
२९-जेठ/ तुलसीपुर निवासी एक व्यक्तीको जागरण पुनःस्थापना केन्द्र सुधार गृह कोहलपुरमा मृत्यु भएको ४ दिन पछि शुक्रबार परिवारले शव बुझेका छन् । २१ बर्षका युवकको मृत्यु भएपछि मृतकका परिवारले हत्याु भएको दाबी गरेका थिए । तर, पोष्टमार्टम रिपोर्टमा आफै विरामी भएका कारण मृत्यु भएको खुलेपछि परिवारले शव बुझेका हुन् ।


                                                                         बिज्ञापन
   



दाङको तुलसीपुर पोटली घर भई हाल कोहलपुरमा बस्दै आएका कुले ओलीका छोरा टोपबहादुर ओलीको मृत्यु भएको हो । गत साउन ५ गते छोरालाई पुनःस्थापना केन्द्रमा राखिएको बताउँदै ओलीले भने ‘म त सोलुखुम्बुतिर बस्छु, तीन दिन अघि विहान ८ बजेतिर उसकी आमालाई फोन आयो, तपाईंको छोरा विरामी छन्, हामीले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याएका छौं भनि अचानक फोन आयो त्यसपछि फेरि ५ मिनेटमै अर्को फोन गरेर तपाईंको छोराको मृत्यु भयो भनियो, केही नभएको मान्छेको एक्कासी कसरी मृत्यु भयो’, उनले भने‘मेरो एक मात्र छोरो थियो ।’ छोराको शरीरभरि निलडाम भएको उनले बताएका छन् । घटना जेठ २४ भयको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले बयान र प्रमाण जुटाएर घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको बताए । खनालले उनी बसेको कोठा, उनका साथी, उनीसंग बस्ने पार्टनर, उनको दायाँ बायाँ कोठमा बस्नेहरु तथा पुनःस्थापना केन्द्रका सञ्चालक र कर्मचारीहरुसंग पनि घटनाबारे बुझिरहेको बताए । जागरण पुनःस्थापना केन्द्रले भने उनी एकाएक बेहोस भएपछि घरमा जानकारी गराएको, अभिभावकीय भूमिका निभाउँदै उपचारमा लगेर पनि बचाउन नसकेको बयान दिएको डिएसपी खनालले जानकारी दिए ।

उनीहरुले प्रहरी समक्ष टोपबहादुर बेहोस भएपछि शुरुमा कोहलपुर मेडिकल कलेज लगेको तर नन कोभिड विरामीलाई त्यहाँ भर्ना नगरेपछि भेरी अस्पताल ल्याएपनि बचाउन नसकेको बताएका छन् । परिवार हरुले ‘सानोमा इन्सेफ्लाइटिस भएकाले मेरो छोरोको हात र खुट्टाको एक साइड अपांग थियो, उ शारिरीक रुपमा केही कमजोर नै थियो तर कुलतमा लागेपछि सुध्रिएला भनेर त्यहाँ पठाएको उनीहरुले उल्टै लास देख्नु प¥यो भने । चरम शारीरिक यातना दिएर आफ्नो छोराको हत्या गरिएको उनको जिकिर छ ।

प्रतिकृया

प्रतिकृया