काठमाडौं
२ असार/ नेपालले सन् २०२३ मा चीनमा आयोजना हुने एशियन कप फुटबल प्रतियोगिताको तेस्रो चरणको छनोट खेल्ने भएको छ ।


                                                                         बिज्ञापन
   



फिफा विश्वकप तथा एशियन कप छनोटको समूह बीमा चौथो स्थानमा रहेको नेपालले एशियन कपमा स्थान बनाउनका लागि अर्को मौका पाएको हो । कुवतेमा भएको छनोट प्रतियोगितामा नेपाल चौथो भएको हो ।

नेपालको समूहबाट अस्ट्रेलिया र ओमान भने फाइनल राउण्डका लागि छनोट भएका छन् । नेपाल र जोर्डनले अब क्वालिफायिङ खेल्नु पर्ने छ । अहिलेसम्म एशियन कपका लागि १२ टिमको टुंगो लागेको छ ।

प्रतिकृया

प्रतिकृया