घोराही
५ असार/ मदनभण्डारी लोकमार्ग अन्तरगतको घोराही तापा सडक खण्डमा सडक र टिप्परको भार क्षमता अनुसार मात्रै टिप्परहरु चलाउनु पर्ने भन्दै स्थानियहरुले सिमेन्ट उद्योगको चुनढुंगा बोक्ने टिप्पर सञ्चालनमा रोक लगाएका छन् । उक्त सडक खण्डमा अहिले जलजला निर्माण कम्पनीले कालो पत्रेको काम गर्दै आएको छ ।


                                                                         बिज्ञापन
   



कालो पत्रे हुदै गर्दा टिप्परहरु सञ्चालनमा आउदा सडक विग्रन थालेको भन्दै स्थानियहरुले गुणस्तरीय कालोपत्रे हुनुपर्ने समेत माग गरेका छन् । सडक र टिप्परको भार क्षमता अनुसार मात्रै ढुवानी हुनुपर्ने त्यस भेगका स्थानियहरुले माग गरेका हुन् ।

बंगलाचुली गाउँपालिका सहित घोराही उपमहानगरपालिका वडा नम्बर १ र ४ का स्थानियहरुले सडक बलियो बनाउनुका साथै टिप्परहरुले पनि भार क्षमता अनुसार चुनढुंगा बोक्नुपर्ने माग गरेका छन् ।

स्थानियहरुले आज घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई भेट गरि विभिन्न ७ बुँदे माग राखेका छन् ।

जस अनुसार सडक कालोपत्रे नहुदा सम्म टिप्पर चल्न नहुने, सडक बनेपछि टिप्परले भार क्षमता अनुसार ढुवानी गर्नुपर्ने, त्यसको ट्राफिकले नियमित जाँच गर्नुपर्ने, गति कम गर्नुपर्ने, रातको समयमा मात्रै ढुवानी गर्नुपर्ने, ६ चक्के टिप्पर मात्रै चलाउनुपर्ने र मावि हर्नोक र सवारीकोट विद्यालय क्षेत्रमा ब्रेकर राख्नुपर्ने माग सहितको पत्र नगर प्रमुख चौधरी र प्रमुख जिल्ला अधिकारी पौडेललाई बुझाएका हुन् ।

निर्माण कम्पनीको प्रमुख इश्वर पुनले सडक निर्माण नसक्दै टिप्परहरु चलाउदा आफु अप्ठेरोमा परेको बताएका छन । सडक कालोपत्रे गर्दै आफु अघि बढेको पछि पछि टिप्परले सडक बिगार्दै गएको बताएका छन।

निर्माण कम्पनीले जिल्ला प्रशासन र सडक डिभिजनलाई पत्र पठाई जानकारी समेत गराएको छ । टिप्पर सञ्चालन र सडकको बिषयमा आगामी आईतबार जिल्ला प्रशासनले सरोकारवालालाई छलफलमा बोलाएको छ ।

प्रतिकृया

प्रतिकृया