सल्यान
५-असार/ सल्यानको दार्माखोलामा मृत फेला परेकी युवतीको शव परिवारले अझै बुझेका छैनन् । दार्माखोलामा असार १ गते मृत फेला परेकी दार्मा गाउँपालिका ५ निवासी २९ वर्षीया खीमा खड्काको परिवारले शव बुझ्न नमानेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।


                                                                         बिज्ञापन
   



मृतकका आफन्तले परीक्षण भएको पाँच दिन पुगी सक्दा पनि शव बुझ्न नमानेका हुन् । गत जेठ ३१ गते बेलुकादेखि उनी सम्पर्कविहीन भएकी थिइन । मृतकका बुवा गणेशबहादुर खत्रीले आफ्नी छोरीलाई खोलाले बगाएको नभई हत्या भएको र हत्याको सत्यतथ्य छानविन र दोषीलाई कारबाही नहुँदासम्म शव नबुझ्ने बताएका छन् ।

मृतकका श्रीमान् खिमबहादुर खड्काले सुनियोयजित ढंगले हत्या गरेर खोलामा फालिएको भन्दै सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने बताएका हुन् । उनले भने– ‘खोलामा मृत अवस्था भेटिएकाले बगाएको भनिए तापनि महिलाको हत्या गरेर खोलामा फालिएको हो । शव सर्सती हेदौ बलात्कार गरी हत्या गरिएको जस्तो रहेको छ ।’

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले मृतक खड्काको विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो । उनको शवलाई जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

प्रतिकृया

प्रतिकृया