दाङ
५-असार/ सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङ र डिभिजन वन कार्यालय घोराही दाङको सहयोगमा सहकारी मार्फत पकेट क्षेत्रमा जडिबुटि बिस्तार कार्यक्रम अन्र्तगत सहजकर्ताहरुको लागि अभिमूखिकरण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।


                                                                         बिज्ञापन
   



सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षता एंव डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत बिजयराज सुवेदी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहजकर्ताहरुले गाउँतहमा गर्नुपर्ने कामको बारेमा जानकारी गराइएको थियो । डिभिजनल वन अधिकृत सुवेदीले कार्यक्रमले कार्यक्रम अन्र्तगत किसानलाई जडिबुटीको ब्यावसायिक खेती मार्फत आर्थिक समृद्धि गराउनका लागि कार्यक्रम थालिएको बताए ।

कार्यक्रममा सहायक वन अधिकृत खिमबहादुर केसीले जडिबुटि खेती र त्यसले किसानलाई दिने फाइदाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा बंगलाचुलीका ५ र घोराहीका २ वटा गरी ७ वटा वडाका सहकर्ता र सुपरभाइजनलाई प्रशिक्षण दिइएको थियो ।

प्रतिकृया

प्रतिकृया