आशिष केसी, तुलसीपुर
६-असार/ तुलसीपुर उपमहानगरपालिका वडा न. ७ मोतिपुर निवासी हस्त बहादुर डाँगीको गएको मंगलबार हृदयघातका कारण निधन भयो । डाँगीले अटो चलाएर दैनिकी चलाउँदै आएका थिए । उनको निधन पछि परिवारको विचल्लि भयो ।


                                                                         बिज्ञापन
   



यो खबर पाउनासाथ शनिबार तुलसीपुर उपमहानगरपालिका वडा न. ७ का वडा सदस्य राम बहादुर जिसी र उनकी धर्मपत्नी चन्द्रा केसी जिसी पीडितको घरमै पुगे । घरमा पुग्दा उनीहरुको दयनीय अवस्था देखेर खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरे । दुई बोरा चामल, पाँच किलो दाल, पाँच लिटर तेल, पाँच किलो नुन, पाँच किलो चिनी, एक पाकेट चियापत्ति, एक पाकेट मास्क, एक बोतल स्यानिटाईजर र एक दर्जन साबुन पाएपछि पीडित परिवारका अनुहार हर्षमान् देखिन्थे ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा न. ७ पर्सेनी निवासी माया नेपालीको कोरोना संक्रमणका कारण करिब एक महिना अघि काठमाडौंमा निधन भयो । उनको श्रीमानको दुई बर्ष अघि निधन भईसकेको थियो । अभिभावक गुमाएका दुईजना छोराछोरीलाई जिसीले नगद ७ हजार सहयोग गरे । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा न. ७ निवासी ७१ वर्षिय चुडामणि विकको मधुमेह र दम रोगका कारण मृत्यु भयो । मृतकको पारिवारिक अवस्था कमजोर भएका कारण जीसीले करीव १२ हजार बराबरको खाद्यान्न सहयोग गरे ।

पछिल्लो समय वडा सदस्य जिसीले विभिन्न कारणले समस्यामा परेका हरुलाई व्यक्तिगत रुपमा सहयोग गर्दै आएका छन् । उनि भन्छन् ‘जताबाट समस्या पर्यो भनेर खबर आउँछ त्यतै पुग्ने गरेकोछ’, मैले एकबर्ष एता मात्रै करिब एक दर्जन घरपरिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छु ।’

प्रतिकृया

प्रतिकृया