तुलसीपुर
६-असार/ मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका दाङ देउखुरी लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी श्रीधर खत्रीको घरपरिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । उक्त रकम लमही नगरपालिका वडा नम्बर ६ घर भइ हाल अमेरिका बस्दै आएका सन्तोष बस्नेत र उनका साथीहरुले पठाएका हुन।


                                                                         बिज्ञापन
   



सन्तोष सहितका साथीहरुबाट संकलित ३१ हजार ६० रुपैयाँ श्रीधर र सन्तोषका साथी रिसप पोख्रेलले मृतकका बुवा यमराज खत्रीलाई प्रदान गरेका हुन् । श्रीधर खत्री वैशाख १ गते लमहीको कौडिया पुलमा मोटरसाइकल ठोक्किदा गम्भीर घाइते भएका थिए । दुर्घटनामा पर्दा उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

गम्भीर घाइते भएका श्रीधरको उपचारका लागि बुटवल हुँदै मेडीसिटी अस्पतालमा लगिएको थियो र जेठ २५ गते काठमाण्डौमा मृत्यु भएको हो। मृतकका एक श्रीमती, साढे चार वर्षका र अर्को दस महिनाका २ छोरा छन् ।

प्रतिकृया

प्रतिकृया