ईच्छुक गौतम
विकाससिल राष्ट्रहरुमा नदिजन्य पदार्थ जस्तै ढुंगा गिट्टि वालुवा आदिको माग हुनु सामान्य कुरा हो । विकास निर्माण कार्यको मुख्य सामाग्री भएकाले यसको परिपुर्ति गरिदिनु सरकारको दायित्व पनि हो । तर विगत केहि वर्षदेखि कानुनि तथा गैह् कानुनि उत्खननले हाम्रो खोला तथा नदिनालाहरुलाइ मरभुमिमा परिणत गर्ने निश्चित जस्तै देखिन्छ । ग्लोवल वार्मिङ तथा वन फडानिले वातावरणलाइ पारेको असरलाइ नदिजन्य पदार्थको उत्खननले झन डरलाग्दो तरिकाले मदत गरेको पाइन्छ ।
ढुंगा निकै सुस्त र संवेदनसिल तरिकाले उत्पादन हुने प्राकृतिक श्रोत शाधन हो । वालुवाको कण र अन्य जैविक वस्तुहरु हजारौ वर्षसम्म उच्च तापक्रम र चापमा रहेपछि यसको निर्माण हुने गर्दछ । यसको उत्पादनको जटिलता नवुझेर अनियन्त्रित उत्खनन गर्ने प्रवृति हाम्रो समाजमा हावी भएको छ । मुलुकमा स्थानिय सरकारको स्थापना पछि यसको संरक्षण गर्नुको साटो पद र राजनितिक आडमा यी श्रोत शाधनहरुको जंगलि तरिकाले निकासी भैरहेको सर्वसाधारणको भनाइ छ ।
नदिजन्य पदार्थहरुको अनियन्त्रित उत्खननले हुने संभावित खतरा र यसले प्रयावरणमा पार्ने उदाहरण हामीले पश्चिमी देशहरुवाट सिक्न सक्छौ । यी श्रोतशाधनहरुको रक्षा तथा वैज्ञानिक विकासका लागी स्थानिय जनप्रतिनिधिहरु सर्वसाधारणलाइ यि श्रोतशाधनहरुको महत्व वोध हुन जरुरी छ । अनि सम्वन्धित निकायले पनि अवैध उत्खनन देखेर पनि नदेखेझै गर्ने परिपाटिको अन्त्य गरि यि प्राकृतिक उपहारको संरक्षण तिर अहोरात्र खटिन जरुरि देखिन्छ ।