रुकुम पश्चिम
७-असार/ लगातार बर्षा भएपछि आएको बाढीका कारण रुकुम पश्चिमको बैरागीठाँटी र सोलाबाङ जोड्ने निर्माणाधीन पुल भत्किएको छ । मुसिकोट नगरपालिका वडा नं ५ बैरागीठाँटीमा निमार्ण हुदै गरेको पक्की पुल बैरागी खोलामा आएको बाढीका कारण गएराति भत्किएको हो ।


                                                                         बिज्ञापन
   



३५ मिटर लम्बाइ रहेको पुल गएको वर्ष नै सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि निर्माण कम्पनीले एक वर्ष समय थप गरेको थियो । उक्त पुलमा ढलानको काम सकिएको थियो ।

प्रतिकृया

प्रतिकृया