दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर,
१० असार / तुलसीपुर उपमहानगरपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको छ ।उपमहानगरपालिकाले तुलसीपुर उपमहानगरपालिकाको मेट्रो अस्पताल स्तरबृद्धिका लागि ५ करोड, कोभिड व्यबस्थापनका लागि २ करोड, सबै वडाका स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालनका लागि एक करोड, प्रत्येक विद्यालयमा एक स्वास्थ्यकर्मीको व्यबस्थापनल गायतमा बजेट बिनियोजन गरेको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



स्वास्थ्यमा छुट्याएको बजेट निम्नानुसार छ:

(१) अति विपन्न परिवारलाई तुलसीपुर उपमहानगरपालिका भित्रको हस्पिटल तथा स्वास्थ्य संस्थाबाट निशुल्क उपचार गर्न र जनश्वास्थ्य प्रवद्र्धनका लागी आवश्यक बजेट ब्यवस्था गरेको गरिएको छ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

(२) तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरी सञ्चालनमा ल्याएको १५ शैयाको तुलसीपुर मेट्रो अस्पताललाई ५० शैयामा स्तरोन्नती गरि गुणस्तरीय, सर्वसुलभ र स्मार्ट उपचारात्मक तथा निदानात्मक सेवा लगायत विशिष्ट सेवाहरु संचालन गर्न र जेष्ठ नागरिक स्वास्थ्य पुनर्लाभ केन्द्र निर्माण गर्न कोभिडको तेश्रो भेरियन्लाई मध्यनजर गरी बालबालिकाको उपचार सेवा विस्तारका लागी ५ करोड वजेट विनियोजन गरिएको छ ।

(३) कोभिड १९ महामारीको सम्भावित तेश्रो लहरबाट नागरिकहरुलाई सुरक्षित राख्नका लागि पूर्व तयारी तथा प्रतिकार्यका लागि रु २ करोड बजेट विनियोजन गरिएको छ ।

(४) तुलसीपुर उपमहानगरपालिकालाई मोतियाविन्दुमुक्त पालिकाको रुपमा विकास गर्न राप्ति आँखा अस्पतालसँगको सहकार्यमा निशूल्क मोतियाविन्दु शल्यकृयाका लागी रु १५ लाख रकम विनियोजन गरिएको छ ।

(५) घर घरमा योग गरौं स्वास्थ जीबन सहित सुखी बनउ भन्ने मुल अभियान सहित तुलसीपुर उपमहानगरपालिकालाई योगा सिटीको रुपमा विकास गरी सार्वजनिक घोषणा गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

(६) किशोर किशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारीरुपमा संचालन गर्न किशोर किशोरी सूचना तथा मनोसंकट सहयोग केन्द्र स्थापना गरिने छ । सोको लागी १० लाख रकम विनियोजन गरिएको छ ।

(७) दूरचिकित्सा (टेलिमेडिसिन) प्रणाली, बिद्युतिय स्वास्थ्य प्रविधी (एम्–हेल्थ, ई–हेल्थ) र अन्य आधुनिक प्रविधीलाई अवलम्बन गरि स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ वनाउन आवश्यक बजेटको प्रवन्ध गरिएको छ ।

(८) सवै स्वास्थ्य संस्थाहरुमा आधारभुत ल्याव सेवा संचालन, आफ्नै औषधि भण्डारण भवन तथा खोप कोल्डचेन, निर्माण गर्न १ करोड बजेट बिनियोजन गरिएको छ ।

(९) सबै वडामा आधारभूत वार्ड हस्पिटल निर्माण गर्न आवश्यक पर्ने रकम ब्यवस्था गरिएको छ ।

(१०) थारु समुदायमा रहेको सिकलसेल एनिमिया, हेमोफिलिया लगायतका रोगहरुका उपचार सेवालाई प्रभावकारी वनाउनका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।

(११) कोभिड १९ रोगको संक्रमण जनस्तरमा नफैलियोस् भन्नका लागि जनताको जीवन जोगाउँनका निम्ति स्वास्थ्य प्रवद्र्धन गर्न आवश्यक वजेट विनियोजन गरिएको छ ।

(१२) वडा स्तरमा सञ्चालित नगर स्वास्थ्य केन्द्र तथा बर्थिङ सेन्टरमा जनशक्ति व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

(१३) प्रसुती पोषण प्रोत्साहनका कारण नगरमा मातृ मृत्युदर शुन्य रहेकोमा यो कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रकमको व्यवस्था गरिएको छ ।

(१४) स्वास्थ्य संस्थाहरुको सस्थागत संचालन अनुदानका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

(१५) स्वास्थ्य संस्थाहरुवाट अत्यावश्यक गुणस्तरिय औषधि निशुल्क रुपमा वितरण गर्न र स्वास्थ्य औजार तथा उपकरण खरिदका लागी आवश्यक वजेटको व्यवस्था गरिएको छ ।

(१६) स्वास्थ्य विमामा सबै नगरबासीलाई आवद्ध गराउन प्रचार प्रसार र अन्य कार्य गर्नका लागि आवश्यक वजेटको व्यवस्था गरिएको छ ।

(१७) विपन्न परिवार र लक्षित समुदायको निशुल्क उपचारको लागि सबै अस्पतालहरुमा विपन्न समुदाय उपचार कोष स्थापना गरि उपचारको व्यवस्था मिलाउन आवश्यक वजेटको व्यवस्था गरिएको छ ।

(१८) संघ र प्रदेश सरकारको सहकार्यमा एक विद्यालय एक स्वास्थ्यकर्मिको परिचालनका लागी आवश्यक वजेटको व्यवस्था गरिएको छ ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना