लमही
१४-असार/  देउखुरी उधोग वाणिज्य संघको बैठक आइतवार लमहीमा सम्पन्न भएको छ । बैठकले लमही नगरपालिकामा भएका मानसिक सन्तुलन गुमाएका मानिसलाई ब्यवस्थापन गर्ने महत्त्वपूर्ण निर्णय गरेको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए ।

अन्यत्र बाट मानसिक सन्तुलन गुमाएका मानिसहरु आएर बजारमा जथाभावी हिड्ने, दिशा पिसाब गरिदिने, कसैको हानी गर्दिने जस्ता काम गर्ने गरेकोले त्यस्ता मानिसलाई राप्ती गाउँपालिकाको निलसागर मानव आश्रम सम्म पुर्याउने र उनिहरुलाई ब्यवस्थापन गर्ने भएको संघका अध्यक्ष खनालको भनाई छ ।

त्यसै गरि आश्रममा पुर्याएका मानसिक सन्तुलन गुमाएकाहरुका लागि ५ थान सुत्ने पलाङ्ग, दाल, चामल र तेल पनि दिने निर्णय भएको उपाध्यक्ष केशबराज पोख्रेलले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया