शरद रेग्मी, तुलसीपुर
२०-असार/ ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुखको रुपमा आएका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले आईतबार बिहान तुलसीपुर उद्योग बाणिज्यका पदाधिकारीहरुसगं भेटघाट गरेका छन् । सो अवसरमा उनले तुलसीपुरको शान्ति सुरक्षा कायम गर्नुका साथै यस क्षेत्रमा हुने अपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्ने बताएका छन् । डिएसपी अर्यालले निजि क्षेत्र, पत्रकार, राजनितिक दल, नागरिक समाज लगायत सबै क्षेत्रहरुसगं समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने बताएका थिए ।

परिचयात्मक कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले यस क्षेत्रका आम नागरिक र व्यवसायिक सुरक्षा प्रति चासो दिन आग्रह गरेका थिए । अध्यक्ष चालिसेले सुरक्षाकर्मी र व्यवसायी बिचको सम्बन्ध सुमधुर रहिरहन दुबै पक्षबाट सहकार्य आवश्यक रहेको बताए । चोरी, डकैती, लुटपाट, हत्या, बलत्कार जस्ता बिगतका घटनाहरुबाट पाठ सिक्दै सुरक्षा योजना बनाउन समेत इलाका प्रहरी कार्यालयलाई सुझाब दिएका थिए ।

त्यस्तै तुलसीपर उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले बोलीमा मात्रै नभएर फिल्डमा पनि नागरिक मैत्री व्यवहार गर्न सुझाब दिएका थिए । साथै कार्यक्रममा निवर्तमान अध्यक्ष विरु रावत, बाणिज्य सघंका सल्लाहकार अनुप कुमार श्रेष्ठ, मिनराज वली, वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, उपाध्यक्ष ललितजंग शाह लगाएतले व्यवसायीहरुको तर्फबाट सुझाब दिएको महासचिव बिनिल केसीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया