दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर,
३१-असार /  तुलसीपुरमा निजि विद्यालयका प्रिन्सिपलहरुको बृहत भेला सम्पन्न भएको छ । निजि तथा संस्थागत विद्यालय समन्वय समिति तुलसीपुरको आयोजनामा समसामयिक विषयमा शान्तिदिप मावि दोघरेमा भेला भएको हो ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



समन्वय समितिका संयोजक प्रकाश कुमार शर्माको अध्यक्षता तथा नेशनल प्याव्सन दाङका अध्यक्ष विमल गौतमको प्रमुख आतित्थ्यतामा भएको भेलामा प्रिन्सिपलहरुले भौतिक उपस्थितिमा वैकल्पिक शिक्षण विधि अपनाएर पठनपाठन गराउने वातावरण वनाउन भुमिका खेल्न आग्रह गरेका थिए ।

वक्ताहरुले लामो समय विद्यालय बन्द हुदा वालवालिकाहरुले प्राप्त गरेका उपलव्धिहरु समेत गुम्ने खतरा वढेको भन्दै अनलाइन वाहेकका अन्य विकल्प खोज्न आग्रह गरेका थिए । उनिहरुले वजार क्षेत्रमा अनलाइन कक्षा आंशिक रुपमा प्रभावकारी भए पनि ग्रामिण क्षेत्रमा सम्भव नभएको भन्दै अनलाइनको विकल्प खोज्न आग्रह गरेका हुन ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

भेलाले तुलसीपुर क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा नया विद्यार्थीहरुको अभिलेखिकरण गर्दा स्थानान्तरण प्रमाण पत्र अनिवार्य गर्ने निर्णय गरेको छ । साथै भेलाले भौतिक उपस्थितिमा वैकल्पिक शिक्षण गर्नका लागि शिक्षा महाशाखामा पहल गर्ने निर्णय गरेको छ ।

सो अवसरमा प्याव्सन दाङका उपाध्यक्ष विजयमान जि एम , अरणिको माविका प्रिन्सिपल विष्णु प्रसाद आचार्य, एन प्याव्सन तुलसीपुर का अध्यक्ष शालिकराम कार्कि लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । समन्वय समितिका सदस्य मधुसुदन केसिको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन प्याव्सन तुलसीपुरका सदस्य गिरिराज वस्नेतले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना