हापुरे
४-साउन/ बबई गाउँपालिकामा च्याउखेती गर्न ईच्छुक किसानहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ग्रीन फाउन्डेसन नेपालले स्थानीय रुपमा रहेका किसानलाई च्याउखेती मार्फत् व्यवसाय गर्न ईच्छुक किसानका लागि तालिमको आयोजना गरिएको हो ।
स्थानीय रुपमा रहेका किसानलाई च्याउखेती मार्फत् ब्यबसायमा जोड्न तालिमको आयोजना गरिएको हो । च्याउखेती आर्थिक अबस्था सुधार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको ग्रीन फाउन्डेसन नेपाल दाङका सचिब सुरेश रावतले जानकारी दिए ।
ग्रीन फाउन्डेसन नेपाल बबईका अध्यक्ष टंकराज बिश्वकर्माको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो । तालिमको उद्घाटन गर्दै बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले कृषि मार्फत् समृद्धिको यात्रामा लाग्न आग्रह गरे । तालिममा २५ जना सहभागी रहेका छन् । तालिमको प्रशिक्षकमा कुलबहादुर चौधरी रहेका छन् ।