दाङ,
६ साउन/ दाङमा आज थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनाको पिसिआर परिक्षण गर्दा १८ पुरुष र १५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।


                                                                         बिज्ञापन
   



संक्रमण पुष्टि हुनेमा घोराहीका २०, लमहीका ४, तुलसीपुरका ३, राप्ती र शान्तिनगरका २/ २ तथा बबई र राजपुरका एक/एक जनामा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यो सँगै दाङमा सकृय बिरामीको संख्या एक सय २ पुगेको छ । ति संक्रमित मध्ये ८३ जना घरमा, ११ जना अक्सिजन सहितको उपचारमा र ८ जना आईसियूमा रहेका छन् ।

यसैबिच आज २६ जना कोरोना मुक्त भएका छन् । घोराहीका १७, लमहीका ३, तुलसीपुर र गढवाका २/२ तथा राप्ती र राजपुरका एक एक जना कोरोना मुक्त भएका हुन् ।

प्रतिकृया

प्रतिकृया