दाङ
८-साउन/ दाङका कलाकार मदन विक मुस्कानले तिज गीत बजारमा ल्याएका छन् । उनले ‘नक्कली मोरी’ बोलको गीत बजारमा ल्याएका हुन् । उक्त गीतको गएको बुधबार सार्वजनिक गरिएको हो । गीतमा मुस्कान र रेजिना परियारको श्वर रहेको छ । यो संगै उनका दर्जनौं गीत बजारमा छन् । सानै उमेरदेखि संगीत क्षेत्रमा सक्रिय भएका मुस्कानले सोही गीतको रचना पनि गरेका थिए । भने माड्लिङ् पनि आफै छन् ।

उनले पाँच वर्ष पहिले सार्वजनिक गरेको तीज गीत ‘यसपालि त उडाउछु माया तुलसीपुरमा धुलो’ लाई दर्शकले अत्याधिक मन पराएका थिए । उनले सोही गीतकै ‘भाग –२’ का रुपमा ‘नक्कली मोरी’ गीत बजारमा ल्याएका हुन् । उनका अनुसार यसमा करिणा डाँगी, रचना खड्का , साबित्रा बिक ,ससा सिह, सुसान क्षेत्री, तुफान वलीलगायतको नृत्य तथा अभिनय रहेको छ ।

यो गीत पनि धेरै दर्शक स्रोताले मन पराउने अपेक्षा लिईएको उनी बताउछन् ।

https://www.youtube.com/watch?v=4ugC5Vz42Oo&fbclid=IwAR2OVDEO57SrUml7SLS0NCCNKGUNM5mlvOg2dwLCqKi4Y_JFMFKbGAz_-zQ

प्रतिकृया

प्रतिकृया