तुलसीपुर,
१५-साउन/ उच्च अदालत बार एशोसिएसन दाङको नयाँ कार्य समितीलाई पदहस्तान्तरण गरिएकोे छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि गएको साउन ४ गते निर्विरोध रुपमा निर्वाचित भएका पदाधिकारीहरुलाई पदहस्तान्तरण गरिएको हो । जस्को अध्यक्षमा पुष्कर बहादुर भण्डारी, उपाध्यक्षमा शुनिल धिताल, सचिवमा मधुसुदन गौतम, कोषाध्यक्षमा प्रकाश रेग्मी, सदस्यहरुमा बिष्णुमणी धिताल, प्रविण लम्साल, बिनु श्रेष्ठ, गोकर्ण खत्री, श्रीराम चौधरी र भागवत रेग्मी रहेका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई उच्च अदालत बार ईकाइ तुलसीपुरका निर्वाचन अधिकृत मोहन धितालले सफत खुवाएका थिए ।


                                                                         बिज्ञापन
   



उच्च अदालत बार एशोसिएसन तुलसीपुरका अध्यक्ष रविन्द्र कुमार धितालको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका कायम मुकायम मुख्य न्यायधिस ऋषीराम दवाडीको प्रमुख आतिथ्यतामा पद हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रम बोल्दै निर्वाचन अधिकृत मोहन धितालले नागरिकहरुले आशा गरे अनुसारको काम गर्न कार्य समितिलाई आग्रह गरे । उनले अहिले नागरिकहरुले आफ्नो मन मस्तिष्कबाट न्यायलयहरुलाई विश्वास गर्न नसकेको बताउदै न्याय पालिका माथी हुने हरेक प्रहारहरुलाई चिर्दै नागरिकहरुलाई न्याय दिन सक्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी उच्च अदालत तुलसीपुरका कायम मुकायम मुख्य न्यायधिस ऋषीराज दवाडीले न्यायको सच्चा पहारेदार उच्च अदालत बार एशोसिएसन नै रहेको बताए । विधिको शाषण स्वतन्त्र न्यायपालिका, लोकतन्त्र र जनताहरुको सहज पहँुचको लागि ससाना कुराहरुमा गहिरिएर न्यायपालिका समक्ष पु¥याउने र पिडीतहरुलाई न्याय दिने पहिलो कदम उच्च अदालत बार एशोसिएसनले गरेको बताए ।

कानुन व्यवसायिहरुको दायित्व अत्यन्त सम्वेदनशिल र महत्वपुर्ण रहेको बताउँदै दवाडीले सच्चा न्याय र सच्चा पहारेदारको रुपमा अदालतमा मात्रै नभएर कानुन व्यवसायिहरु समुदायको हरेक क्षेत्रमा काम गर्दा म¥यादित भएर न्यायको अनुभुती हुने गरी काम गर्नु पर्ने बताए । कार्यक्रममा उच्च अदालत सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता राजनराज अधिकारले उच्च अदालत बार एशोसिएसन स्थापना भएपछि सहज तरिकाले पिडितलाई न्याय दिने काम गरेको बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता बामदेव शर्मा, मान्यन्यायधिस रमेशराज पोख्रेल, लक्ष्मण शाही, भागवत रेग्मी, रामशरण चौधरी, शालिकराम रेग्मी रविन्द्र कुमार धिताल लगायत वक्ताहरुले कानुन व्यवसायिहरुले सत्यको अनुभुती हुने गरी काम गर्नु पर्ने बताएका थिए । कार्यक्रममा बोल्दै बारका नवनिर्वाचित अध्यक्ष पुष्कर बहादुर भण्डारीले आफ्नो नेतृत्वमा बनेको कार्य समितिले न्यायको क्षेत्रमा स्वच्छ तरिकाले काम गर्ने बताए । अधिवक्ता गोकर्ण खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उच्च अदालत बार एशोसिएनका उपाध्यक्ष शुनिल धितालले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया